६३४ स्थानीय तहको नतिजा सार्वजनिक, अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । आज बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको छ । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ । आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस